images
images
images

मुख्य निर्वाचन अधिकृत ढुङ्गानाको आब्हान दलीय आस्था बाहिर राखेर निर्वाचनमा खट्नुस

images

दमौली
तनहुँका मुख्य निर्वाचन अधिकृत हरिचन्द्र ढुङ्गानाले निर्वाचन जाने मतादन अधिकृत साहयक मतदान अधिकृतलाई दलीय आवद्वताको जुत्ता फुकालेर निर्वाचनकोे काममा खट्न निर्देशन दिएका छन् ।
मतदान अधिकृत र साहायक मतदान अधिकृतहरुको संक्षिप्त प्रशिक्षण कार्यक्रममा बोल्दै तनहुँ जिल्ला न्यायधिश समेत रहेका ढुङ्गानाले निर्वाचनलाई स्वच्छ,निश्पक्ष रुपमा सम्पन्न गर्न दलीय आस्था रहेको भएपनि त्यो नदेखाउन आब्हान गरेका छन् । ढुङ्गानले निर्वाचनमा मतदान अधिकृत र साहायक मतदान अधिकृत हुनु अवसर चुनौती दुवै भएकाले चुनौतीलाई अवसरमा बदल्लन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाले एकिकृत सुरक्षा योजना तयारी गरी निर्वाचनको सम्पूर्ण सुरक्षाको तयारी पुरा गरेको बताउँदै संयम भएर काम गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबावु रेग्मीले प्रहरी निर्वाचनाको लागि तयार भएको बताँउदै प्रहरी निर्वाचनलाई स्वच्छ निस्पक्ष ढङ्गबाट काम गर्न सहयोग पु¥याउने बताए । कार्यक्रममा बोल्दै सशस्त्र बल मनकामना गण भानुका गाणपति सुर्य आचार्यले सबै मतादन केन्द्रको आसपासमा शसस्त्र प्रहरी बल खट्ने समेत बताए । कार्यक्रमा बोल्दै अपाङ्गता अधिकारकर्मि मदन पौडेलले अपाङ्गता भएका मतदाताका लागि मतदान गर्न सहजीकरणको माग समेत गरेका थिए । कार्यक्रममा १० वटै स्थानीयका निर्वाचन अधिकृतहरुको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरी ढकालले बताए ।

आदीकवि भानुभक्त क्याम्पसको सभाहलमा सुरु भएको तालिममा तिन सय जनाको सहभागिता रहेको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार स्थानीय तह निर्वाचनमा मतदान अधिकृत , सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी १४ सय ८५ कर्मचारी निर्वाचन खट्ने छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS