दमौली
जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनमा खटिने मतदान अधिकृत र साहायक मतदान अधिकृतको तालिम आजबाट सुरु हुने जनाएको छ ।
बिहान ११ बजेबाट आदीकवि भानुभक्त क्याम्पसको सभाहलमा तालिम सुरु हुने जिल्ला निर्वाचन कार्यालय तनहुँले । आज तिन सय जना र भोली बाँकी मतदान अधिकृत र साहायक मतदान अधिकृतको तालिम हुने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरी ढकालले जानकारी दिए । मतदान अधिकृत र साहायक मतादन अधिकृतको क्रम संख्या ३ सय सम्मको आज र बाँकी भोली तालिम ह ुने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार स्थानीय तह निर्वाचनमा मतदान अधिकृत २९७ जना सहायक मतदान अधिकृत २९७ जना र अन्य १४८५ जना कर्मचारी निर्वाचनमा खटिने कार्यालयका प्रमुख ढकालले बताए ।