images
images
images

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नमुना मतदान

images

तनहुँ
नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजना नमूना मतदान सम्पनन भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमौली नमूना मतदान सम्पन भएको हो । नेपाल पत्रकार महासंघ तनहुँ र जिल्ला निर्वाचन कार्यालय तनहुँको आयोजनामा नमुना मतदान सम्पन्न भएको हो । नमूना मतदानमा ६१ जनाले मतदान गरेका थिए । प्रमुख जिलला अधिकारी विश्व प्रकास आर्यालले नमुना मत पत्र हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले,पुर्व अध्यक्ष ओमकार आचार्य,प्रेम प्रसाद पौडेल शाखा अध्यक्ष उज्वल पौडेल लगायतले कार्यक्रमका बारेमा धारणा राखेका थिए । नमुना मतदानमा समेत केही मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालय तनहुँ २८ र २९ गते हरेक मतदान स्थलमा दुई÷दुई जना स्वयम्सेवक खटिने २९ गते मतदाता परिचय पत्र वितरण गर्दा आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । त्यसका लागि तनहुँमा नमुना मतदानका लागि मतपत्र आईपुगिसकेको छ । त्यही नमुना मतपत्रका आधारमा मतदाता शिक्षा दिइने छ । यसपाली दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिह्नबाट अरु दलका उम्मेदवार उठेकाले पनि मत बदर हुने जोखिम धेरै छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख ९४ हजार चार सय ७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार नौ सय ४४ मत मात्रै खसेको थियो । ६८।३७ मतदाता मात्र मतदान प्रकृयामा सहभागी भएका थिए ।
तीन हजार तीन सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । कार्यालयले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोवाईलका टोन मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । अर्को तर्फ राजनीतिक दल र कार्यकर्ताहरुले पनि मत माग्न जाँदा मतदातालाई सिकाउने हुँदा अलि सहज हुने निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले बताए । यसपालि तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS