जामुने
नेपाल कम्युनिष्ट पार्टी(एमाले) तर्फवाट म्याग्दे गाँउपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाँउपालिकालाई जिल्लाकै उत्कृष्ट पालिका वनाउने वताए । स्थानिय तहको निर्वाचनको संघारमा घरदैलो कार्यक्रमको अवसरमा श्रेष्ठले सो कुरा बताएका हुनु् ।
सुगम भएता पनि विगतका गाँउपालिकावाट उल्लेखनिय काम केही हुन नसकेको हुदाँ अवका दिनमा आफुले गाँउपालिकाको नेतृत्व गरेर गाँउपालिकालाई नै उत्कृष्ठ पालिका वनाउने वताए।
नेतृत्वको क्षमताले गाँउपालिकार समग्र जनताको जीवनस्तर नै परिवर्तन हुने हुदाँ त्यसका लागी आफुले नेतृत्वलिन पहल गरेको वताए । म्याग्देको समथर भुभाग र यसको उव्जनी योग्य जग्गा आफैमा उर्जा हो । यसको व्यवस्थापन गर्न सकियो भने म्याग्दे हरेक कुरामा आत्मनिर्भर वन्नेछ, श्रेष्ठले भने ।
युवा र उत्पादनलाई जोडेर आम्दानीको श्रोत वढाउन सकिने श्रेष्ठले बताए । यसैगरि उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरेले समानता र न्याय आफनो मुलआधार भएको वताइन् । योग्यता र क्षमताको आधारमा मुल्यांकन हुनुपर्ने उपाध्यक्षका उम्मेदवार घिमिरेले वताईन ।