तनहुँ
शुक्लागण्डकी नगरपालिकामा उप मेयरमा पदका उम्मेदवार खुम बहादुर वि.क. ‘राजु’ले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उप मेयर पदका उम्मेदवार भएका वि.क. नगरका बिभिन्न क्षेत्रमा अहिले मत माग्न ब्यस्त रहेका छन् ।
उनले शुक्लाको नगर क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी दिएको बताए ।
युवाहरुमा चर्चित वि.क. भानुुभक्त क्यापस बेलचौतारका पुर्व स्ववियू सभापति समेत हुन् । गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नेता कृष्णराज पण्डित चुनावी मैदानमा रहेका छन् । नेकपा एमालबाट मेयरमा मुक्ति तिमलसेना चुनावी मैदानमा रहेका छन् ।