आँबुखैरेनी
नेकपा माओवादी केन्द्रबाट गाँउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका शुक्र चुमानले आक्रमक चुनावी प्रचार अभियान सुरु गरेका छन् ।
चुमानले आँबुखैरेनी गाँउपालिका वडा नंं ५ बाट प्रचार अभियान सुरु गरेका हुन् । चुमानको नेतृत्वले वडा नं. ५ को भुकुन्दे,खोलागाँउ, फोक्सिङ लगायतको क्षेत्रको आफ्नो प्रचार अभियान शुरु गरेका हुन् ।
आँबु खैरेनी गाँउपालिकामा उपाध्यक्षमा दुर्गा आर्याल उम्मेदवार रहेकी छन् । गाँउपालिकाको बिभिन्न भागमा उम्मेदवारहरुले घरदैलो कार्यक्रम रहेको उनले जनाएको छन्। समग्र आँबुखैरेनी गाँउपालिकाको विकासको लागि आफुले उम्मेदवारी दिएको चुमानले बताए ।