यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बन्दिपुर गाँउपालिकामा प्रमुख तिन दल चुनावी मैदानमा छन् ।
बन्दिपुरमा नेकपा माओवादीबाट अध्यक्षमा पुर्ण सिंह थापा र उपाध्यक्षमा करुणा गुरुङ नेपाली कांग्रेसबाट अध्यक्षमा धुव्रलाल प्रधान र उपाध्यक्षमा पञ्चमाया गुरुङ रहेका छन् । यसैगरी नेकपा एमालेबाट सुरेन्द्र थापा अध्यक्षको उम्मेदवार बनेकान छन् । यसैगरी जोशी– एमाले समुहबाट उपाध्यक्षमा केश माया गुरुङ उपाध्यक्षको उम्मेदवार रहेका छन् । राप्रपा लगायतका साना दलहरुको उम्मेदवारी परेको भएपनि तिन दलका विचमा मुख्य प्रतिस्पार्धा हुने देखिएको छ ।
माओवादी केन्द्र विजयी हुनेमा ढुक्क
बन्दिपुरमा २०७४ सलामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले बन्दिपुर गाँउपालिकामा विजयी भएको थियो । अध्यक्ष ,उपाध्यक्ष सहित ६ वडामा तिन वटा वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । यसपटक पनि माओवादी केन्द्र विजयी हुनेमा ढुक् देखिन्छ । अध्यक्षमा पुरानै अनुहार दोहोरिनु,बन्दिपुरमा गएको ५ बर्षमा गरेको लोकप्रिय कामका कारण आफुहरु विजयी हुनेमा ढुक्क रहेको नेकपा माओवादी केन्द्रका नेता सुदिन पौडेलले बताए । २०७४मा भन्दा माओवादीको संगठन समेत विस्तार भएको पौडलले बताए । त्यस्तै बन्दिपुरमा आफुहरुको जितको मुख्य आधार कामलाई मानेको माओवादी केन्द्र बन्दिपुरमा कृषिलाई आधुनिकिरण गर्न गरिएकको चक्लाबन्दी ,पर्यटन विस्तारका लागि निर्माण गर्न लागेको मिनि ग्रेटवाल, बन्दिपुर सम्मको फारकिलो सडक विस्तारले जनतामा प्रभाव रहेको माओवादीको तर्क रहेको छ। गाँउ गाँउ सम्म खोलिएका सडक तथा ति सडक कालोपत्रे गर्न सुरु गरेका कारण पनि बन्दिपुरका जनताले मतदान गर्ने माओवादी केन्द्रको दाबी रहेको छ । यसपटक नेकपा एकिकृत समाजवादी,जसपा जस्ता साना दलहरुको पपिन आफुहरुलाई सर्मथन रहेको माओवादीको दाबी रहेको छ ।
कांग्रेलाई आफ्नैको आश
बन्दिपुरमा कांग्रेसका पुरना नेता धुव्रलाल प्रधानलाई नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् आफ्नो संगठन निर्माण ठुलो भएकाले बन्दिपुरमा बिजयीको झण्डा फहराउने दाउमा नेपाली कांग्रेस रहेको छ । २०७४ सालकोे निर्वाचनमा ६ मध्ये दुई वडा जितेको कांग्रेसले यस पटक आफ्नो बन्दिपुरमा रिजे भिजेको पुरानो भएको कारण पनि विजयी निश्चित भएको दाबी रहेको छ । सबै कांग्रेसले मत दिदा विजयी हुने कांग्रेसको दाबी रहेको छ । सो क्षेत्रका नेता मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि उम्मेदवारी फिर्ता लिएका छन् । यसले कांग्रेस उम्मेदवार राहत महशुस गरेको छ । कांग्रेस उम्मेदवारलाई बन्दिपुरमा अर्को चुनौती भनेको जोशी समुहले एमालेसाग कसेको लगन गाँठो हो । बन्दिपुरमा जोशी समुहको राम्रै प्रवाह रहेको छ । जस कारण पनि कांग्रेसलाई बन्दिपुरमा बिजयीभएको माला लगाउन चुनौती थपिएको छ ।
एमालेलाई जोशीको भर
नेकपा एमालेले जोशी समहुसँग सहकार्य गरेर बन्दिपुर सुरेन्द्र थापालाई अध्यक्षको उम्ेमदवार बनाएको छ । जोशी समहुबाट उपाध्यक्षमा केशमाया गुरुङ उपाध्यक्षको उम्मेदावर रहेकी छन् । जोशी समहुको मत तानेर विजयीको माला पहिरिने एमालेलाई चुनौती नै रहेको स्वयं एमाले नेताहरु बताउने गरेका छन् । २०७४ सालमा तेश्रो भएको एमालेको यसपटक केही ब्यक्तिहरु एकिकृत समाजवादी तिर लागेका छन् । बन्दिपुरमा एमालले शिक्षकबाट सेवा निवृत सुरेन्द्र थापा सालिन भएको ब्यक्तिगत मत तान्ने एमाले नेताहरुले दाबी गरेका छन् । आफ्नो मतमा जोशी समुहको मत थप्दा विजयीको झण्डा गाड्ने एमालेको तर्क रहेको छ ।
के थियो विगत
गाँउपालिका अध्यक्षमा नेकपा माओावदी केन्द्रका उम्ेदवार पुर्ण सिंह थापाले २८६३ मत ल्याएर निर्वाचनमा विजयी भएका थिए । भने कांग्रेसका कर्णखत्रीले २४२१ मत मात्र ल्याएका थिए । एमालेका आनन्दमान जोशीले १९३२मत ल्याएर तेश्रो भएका थिए । बन्दिपुर गाँउपालिकाको उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकी उम्मेदवार करुणा गुरुङ २६८४ मत सहित विजयी भएका थिइन् । उनको निकटतम् प्रतिस्पर्धीको रुपामा नेपाली कांग्रेसकी सविना गुरुङले २४६२ मत प्राप्त गरेकी थिइन् । अहिलेको नेकपा माओवादी केन्द्रका लागि बन्दिपुरमा कांग्रेस चुनौत्ीको रुपमा रहन सक्छ । कांग्रेसले गत निर्वाचनमा २ वटा वडामा विजयी भएको थियो । यता नेकपा माओावदी केन्द्रले बन्दिपुरमा आफ्नो साख कायम राख्नका लागि संगठन विस्तारमा मेहनत गरेको देखिन्छ ।
अहिले बन्दिपुर गाँउपालिकाका अध्यक्षको नेतृत्वमा गाँउपालिकामा केही रणनितिक महत्वका काम समेत भएकाले पनि बन्दिपुरमा माओावदीकै नेतृत्व विजयी हुन सक्ने आधारहरु रहेको अन्य पार्टीका नेताहरुले पनि भन्ने गर्दछन् । तथापी कांग्रेसले यो विचमा गरेको प्रयासलाई भने कम्जोर आकलन गन नहुने माओवादी नेताहरुको तर्क रहेको छ । २०७४ सालमा तेश्रो शक्तिको रुपमा रहेको नेकपा एमाले पनि निर्वाचका लागि आक्रमक ढगंबाट लागेको छ । अहिलेको अवस्थामा नेकपा एमाले बन्दिपुरमा तेश्रो शक्ति नै रहने विश्लेषण समेत गरिदै आएको छ ।