तनहुँ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पत्रकारले हरपल आचारसंहिताको पालन गर्नुपर्ने बताए । एकपक्षीय, द्वयस, घृणा फैलाउने समाचार पत्रकारले लेख्न नहुने अध्यक्ष पोख्रेलले बताए ।
नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा शनिबार भएको निर्वाचन आचारसहिंता र पत्रकारहरुकाे भूमिका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन् ।
‘पत्रकारले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन ।’ अध्यक्ष पोख्रेलले भने ‘निर्वाचनको बेला तटस्थ भएर काम गर्नुपर्छ ।’ उनले सो अवसरमा नेताको झगडा;लाई मिडियाले कन्टेन्ट बनाउन नहुने बताए ।
साथै सोही कार्यक्रममा अध्यक्ष पोख्रेलले पत्रकार महासंघको सदस्य निर्वाचनमा उम्मेदवार बन्ने बित्तिकै स्वत सदस्यता खारेज हुने निर्णय भएको बताए । उनले थपे ‘साधारण सदस्यको हकमा भने सदस्यता नविकरण हुँदैन ।’
यस्तै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पत्रकारले यथार्थ बुझेर मात्र सूचना सम्प्रेषण गर्नुपर्ने बताए । निर्वाचनलाई भयरहित वातावरणमा बनाउन सबैको सहयोग आवश्यक रहेको प्रजिअ अर्यालले बताए ।
प्रमुख निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानले भयरहित निर्वाचनको प्राण भनेको आचारसंहिता भएको बताए । उनले अगाडी भने ‘पत्रकारले सबैको हो तर कसैको होइनौं भन्ने बनाउन सक्नुपर्छ ।’
यस्तै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले आचारसंहिता उल्लंघन गर्नेको तथ्यांक संकलन गरिरहेको बताए । उनले भने ‘अहिले तथ्यांक संकलन गरिरहेका छौं पछि सम्बन्धित निकायसम्म पुर्याउछौ ।’
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले मतदातालाई पत्रकारले तथ्य सुचना पुर्याएर सघाउनुपर्ने बताए । ‘मतदाताको अवस्थाको बारेमा जानकारी बाहिर ल्याउनुपर्छ । प्रमुख ढकालले भने ‘सहि सुचना छिटो छरितो प्रवाह गर्नुपर्ने दायित्व पत्रकारको हो ।’
कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीले आचारसंहिताको विषयमा छलफल गरेका थिए । साथै जिज्ञासा समेत राखेका थिए ।