
तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफुले गरेको कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कार्यालयले आफुले गरेको कार्यक्रम बारेमा जानकारी गराएको थियो ।
कार्यालयले नयाँ तथा पुराना स्वास्थ्यकर्मीलाई समय समयमा तालिम, अभिमुखीकरणलाई निरन्तरता दिएको जनाएको छ । गत फागुन महिनासम्म ६३ जनाको
निशुल्क स्थायी बन्ध्याकरण गरिएको कार्यालयले जनाएको छ । जसमा ४१ जना पुरुष र २२ जना महिला रहेका छन् ।
कार्यालयले गत फागुन सम्म आफ्नो प्रगति ५०.९५ प्रतिशत रहेको जनाएको छ । उक्त प्रगती प्रदेश अन्तर्गत रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कार्यालय तनहुँमा शुन्य बेरुजु रहेको छ ।
यस्तै अस्थाई बन्ध्याकरण शिविर, क्षयारोग आधारभुत तालिम, मातृ सुरक्षा चक्कीको बारेमा अभिमुखिकरण जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका लगाएतको स्थानमा संचालन गरिएको प्रमुख अधिकारी बताए ।
कार्यालयले निशुल्क खानेपानि परिक्षण अभियान समेत चलाएको छ । खानेपानीको मुहान, धारा र स्रोतको नमुना संकलन गरी स्थानीय तह संग समन्वय गरेर जांच गर्ने कार्यक्रम पालिका स्तरीय रुपमा संचालन भईरहेको प्रमुख अधिकारीले जानकारी दिए ।
यस्तै विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेको बताएको छ । जसमा विद्यार्थीहरुलाई कुलतको बारेमा र शारीरिक परिवर्तनका बारेमा अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले वैशाख महिनालाई खोप महिना घोषणा नै गरेको जनाएको छ । कोभिड विरुद्धका खोपदेखि नियमित खोप कार्यक्रमसम्ममा कार्यालय निरन्तर लागिरहेको जनाएको छ । कार्यालयले सुत्केरी महिलाको घर-घरमा स्वास्थ्यकर्मी कार्यक्रम समेत संचालन गर्ने तयारी गरेको जनाएको छ ।
जिल्लामा चालु आर्थिक वर्षमा ८ जना बालबालिकाको विभिन्न कारणले मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जसअनुसार व्यास नगरपालिकामा ४ जना, भिमाद नगरपालिकामा १ जना, घिरिङ्ग गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा २ जना रहेका छन् ।
जिल्लामा २ सय १ जनामा क्षयरोगका बिरामी भएको तथ्यांक स्वास्थ्य कार्यालय तनहुँले प्रस्तुत गरेको थियो । कार्यालयका अनुसार जिल्लमा ८२ प्रतिशत सफल डर रहेको छ ।
जिल्लामा पेट सम्बधित रोगमा ५१ प्रतिशत बिरामी रहेको स्वस्थ्य कार्यालय तनहुँले जनाएको छ । गत वर्ष उक्त रोग सम्बन्धि ४९ प्रतिशत मात्रै बिरामी रहेका थिए ।
जिल्लामा चालु आर्थिक वर्षमा कुष्ठरोगका २ जना नयाँ बिरामी फेला परेको छ । जुन दमौली अस्पतालमा उपचारका क्रममा भेटिएको कार्यालयले जनाएको छ ।
जिल्लाका स्थानिय तह संग समन्वय गरी स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।