images
images
images

तनहुँ हाइड्रोपावरबाट डिजेल चोर्ने ४ जना पक्राउ

images

तनहुँ । तनहुँ हाइड्रोपावरको पम्पबाट डिजेल चोर्ने ४ जना पक्राउ परेका छन ।

पम्पमा कार्यरत कर्मचारीको मिलेमतोमा उक्त डिजेल हाइड्रोको पम्पबाट चोरी भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं.४ बस्ने ३६ वर्षीय कृष्ण बहादुर रानाभाट, लमजुङको बेशिसहर नगरपालिका वडा नं. ११ घर भई हाल तनहुँ हाईड्रोपावरमा काम गर्ने ४९ वर्षीय साबिं जग तामाङ, तनहुँको ऋषिङ गाउँपालिका वडा नं. ७ बस्ने २१ वर्षीय गोरे भन्ने भिम बहादुर थापा मगर र तनहुँको ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार घर भई हाल तनहुँ हाईड्रोपावरमा काम गर्ने २३ वर्षीय देवन थापा मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बुधबार बिहान अन्दाजी ९:३० बजेको समयमा जिल्लाको ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार स्थितमा रहेको तनहुँ हाईड्रोपावरको पम्पबाट डिजेल चोरी गरेका उनीहरु पक्राउ परेका हुन ।

सोही पम्पका कर्मचारी साबि जंग तामाङ र देवन थापा मगरको मिलिमतोमा अन्दाजी १ हजार लिटर डिजल चोरी गरी ४ वटा ड्रममा भरी ग १ त ६५०६ नं. को ट्याक्टरमा लोड गरेर लैजादै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी चौकी झापुटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै उक्त चोरी भएको डिजल र ट्याक्टर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ जिल्ला अदालतबाट बुधबारदेखी नै लागु हुने गरी १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS