तनहुँ
नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका १० वटै पालिका र ८५ वटा वडामा उम्मेदवारी तय गरेको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक राजेन्द्र केशरी न्यौपािनले पार्टीका सबै पािलका र वडा तहको उम्मेदवारहरु निश्चित गरेको बताए । पार्टीको केन्द्रिय नीति अनुसार सत्तरुढदलसँग गठबन्धन गरेर जाने भएकाले गठबन्धनको निर्णय समेत पर्खेको बताए ।
सत्तारुढ दलहरुको गठबन्धनको औपाचारीक÷ अनौपचारीक छलफल चलेकोले उम्मेदवारहरुको विवरण सार्वजनिक नगरेको जनाएको छ ।
गठबन्धन नभए पनि एकल निर्वाचनमा जाने नेकपा माओवादी केन्द्रको तयारी रहेको छ । नेकपा माओवादी केन्द्रले सत्तारुढ दलहरुको बिभिन्न चरणमा छलफल चलेको भएपनि भागबण्डा मिल्ल सकेको छैन् ।
गठबन्धनमा नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिका,आँबुखैरेनी गाँउपालिका, बन्दिपुर गाँउपालिका र देवघाट वा घिरिङमा मध्ये एक पाउनु पर्ने माग राखेको श्रोतले बतायो । यस्तै अघिल्लो निर्वाचनमा आफुले जितेको पालिकामा नेतृत्व आफ्नो हुनुपर्ने कांग्रेसको माग रहेको छ । त्यस्तै २०७४ सालमा एमालले जितेको पालिकामा एकिकृत समाजवादीले दाबी गरेका कारण गठबन्धनको औपचारीक बैठक बस्न सकेको छैन् ।