images
images

शुक्लागण्डकीमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना

images

दमौली,
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगरपालिका–२ ले कोत्रेमा सम्पर्क कार्यालय स्थापना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सोमबार एक कार्यक्रमको बीच कार्यालयको स्थापना गरिएको हो ।
निर्वाचनका लागि छलफल, भेटघाट तथा भेला, प्रचारप्रसार गर्न सहज हुने गरी कार्यालय स्थापना गरिएको वडा कमिटी अध्यक्ष शंकर पन्तले जानकारी दिए ।

आगामी निर्वाचनमा अध्यक्ष पन्त वडाध्यक्षका लागि पार्टीबाट सर्वसम्मत उम्मेद्वारमा छनौट भएका छन् ।
उक्त कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं शुक्लागण्डकी नगरपालिकाकी मेयरको दाबेदार आशा कोईराला, प्रदेश सदस्य दिनेश गौतम (विश्वजित), खुमबहादुर विक (राजु), नगर कमिटी अध्यक्ष मनराज गुरुङ, वाईसिएल नेपालको केन्द्रीय सदस्य शरण सापकोटा लगायतको सहभागीता थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५६ जना नेताकार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराइएको अध्यक्ष पन्तले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS