images
images
images

एकिकृत समाजवादीबाट थापा र श्रेष्ठ मेयरको उम्मेदवार सिफारिस

images

तनहुँ । नेकपा एकिकृत समाजवादी पार्टी तनहुँले जिल्लाको दुई पालिकामा प्रमुख पदको दावि सहित उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटीको पाँचौ पुर्ण बैठक मार्फत शुक्लागण्डकी नगरपालिकामा चित्रबहादुर थापा र भिमाद नगरपालिकामा काजिमान श्रेष्ठलाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

थापा समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा तनहुँका ईञ्चार्ज हुन् भने श्रेष्ठ प्रदेश कमिटीका सदस्य तथा भिमाद नगर कमिटीका अध्यक्ष समेत हुन् ।

उनीहरु दुवैलाई सम्वन्धित पालिका कमिटी मार्फत सर्वसम्मत सिफारिस गरिएको शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष दुर्गाकुमार श्रेष्ठले जानकारी दिए ।

गठबन्धन भित्र तालमेलमा साझा उम्मेदवारको टुँगो लगाउन अलमल भईरहेको बेलामा एकिकृत समाजबादीको निर्णयलाई चासोका साथ हेरिएको छ ।

शनिबार जिल्लामा विकसित घटना क्रमले सत्तारुढ पार्टी भित्र तालमेल गर्ने सम्भावना न्यून बन्दै जान थालेको विश्लेषण हुन थालेको छ ।

images