तनहुँ । तनहुँमा सत्तारुढ दलहरु स्थानीय निर्वाचनमा उम्मेदवारी भागबण्डामा सहमति नजिक पुगेका छन् । केही दिन यता सत्तारुढदलका नेताहरुको भएको बैठक तथा छलफलमा दलहरु सहमति नजिक पुगेको श्रोतले बतायो ।
दलहरुले भाबण्डाको बिभिन्न मोडलहरुमा छलफल गरिरहेका छन् । सत्ता गठबन्धनका दलहरु मध्ये नेपाली कांग्रेस नेकपा माओावादी केन्द्र , नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको विचमा तनहुँका १० वटै पालिकामा गठबन्धन गरेर जाने सहमति भएको बैठकमा सहभागि एक नेताहरुले बताए ।
तनहुँका १० पालिका वडा ८५ वटै वडामा भागबण्डाको मोडालिटि तयार भएको समेत ति नेताले बतायो । आज साँझ सम्म बागबन्डामा सहमति हुने एक नेताले बताए । आज साँझ सम्म संयुक्त वक्तब्य आउन सम्भाव रहेको एका नेताले बताए ।