images
images
images

म्याग्दे गाउँपालिकाद्वारा बजार अनुगमन

images

 

दमौली
म्याग्दे गाउँपालिका कार्यालय तनहुँले शुक्रबार बजार अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको नेतृत्वमा म्याग्दे–२ जामुने आसपास क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । उपभोक्ता मूल्यमा नठगिउन,म्याद सकिएका बस्तु किन्नु नपरोस र व्यवसायीहरु बैधानिक रुपमा संञ्चालन भए नभएको कार्यलाई निगरानी गर्न अनुगमन गरिएको उपाध्यक्ष घिमिरेले जानकारी दिए । बजार अनुगमनको क्रममा सो क्षेत्रका एक दर्जन बढी पसलहरुको अनुगमन गरिएको उनले बताए ।

बजार अनुगमनको क्रममा सबै पसलहरु दर्ता गरेर संञ्चालन गरेको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । अनुगमनमा अधिकाँश व्यवसायीले पान बिल प्रयोग गरेको नपाइएकोले बिल प्रयोग गरेर मात्रै कारोबार गर्न सुझाब दिएको उनले बताए । गाउँपालिका कार्यालयले चौमासिक रुपमा बजार अनुगमन कार्यलाई तीब्रता दिएपछि व्यवसायीहरु सचेत भएको लेखा अधिकृत नवराज पोखरेलले जानकारी दिए । व्यवसायगर्दा सम्बन्धित निकायमा दर्ता गरेर मात्रै संञ्चालन गर्नुपर्छ भन्ने बानीको विकास भएको उनले बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरे,प्रशासन शाखा प्रमुख इन्द्र प्रसाद खनाल,पशु शाखा प्रमुख श्रीकृष्ण पौडेल,प्रशासन शाखाका पाँचौ तहका कर्मचारी एक कुमार श्रेष्ठ,थर्पु प्रहरी चौकीका इन्चार्ज सई उदयराज पौडेल,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतको टोलीले बजार अनुगमन गरेका हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS