तनहुँ । नेकपा एकीकृत समाजवादीबाट भानु नगरपालिकाको मेयरमा श्रीराम पौडेल सर्वसम्मत चयन भएका छन् ।
सो पार्टीको नगर कमिटिको आईतबार बसेको बैठकले पौडेललाई मेयरको उम्मेदबार बनाउने निर्णय गरेको थियो ।
मेयरमा उम्मेदबार हुने योजनाका साथ पौडेल केही दिन यता भानु नगरपालिकाको विभिन्न क्षेत्रमा सक्रिय भएका छन् ।
तनहुँको भानु नगरपालिका–८ निवासी पौडेल नेकपा एकिकृत समाजवादीको तनहुँ जिल्ला सचिवालय सदस्य र तनहुँ–काठमाडौं सम्पर्क मन्चका अध्यक्ष समेत हुन् । युवा परिचालनमा उनी अब्बल मानिन्छन् ।
पौडेल पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट मानिन्छन् । साथै जिल्लामा श्रम मन्त्री किसान श्रेष्ठ निकट पनि हुन् । पौडेल शैक्षिक परामर्श व्यवसायी पनि हुन् ।
भानुवासी जनताको जीवनमा आमूल परिवर्तन र खुशियाली ल्याउनका लागि आफ्नो सम्पूर्ण सामाथ्र्य परिचालन गर्न आफु लागि पर्ने पौडेलले बताए ।