images
images
images

धयरेमा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

images

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ ।

जङ्गली च्याउ खाएर बिरामी भएकी उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो ठाउँमा च्याउ खाँदा १० जना बिरामी भएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS