images
images
images

तनहुँमा गठबन्धनका दलले पालिक स्तरमा सुझाव संकलन गर्ने

images

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दश वटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले ४ नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गर्ने निर्णय गरेको नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनले भने ‘अर्को बैठक वैशाख २ गते बस्ने भएका छौ ।’

काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् ।

बैठकमा काँग्रेस जिल्ला सभापति जितप्रकाश आले, सचिव लक्ष्मीभक्त खनाल, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, ओमकुमारी पौडेल, माओवादीका नेता मदन आले, एकीकृत समाजवादीका गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS