images
images
images

हाइस्कुलटारमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु

images

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।

उपचारको लागि जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS