images
images
images

तनहुँमा चुनावी सरगर्मी बढ्यो, दलहरुमा उम्मेवार बन्न आकांक्षीको लर्को (नामावली सहित)

images

तनहुँ, चैत २५ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगर्मी बढेको छ ।

जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन् । विभिन्न ठाउँमा भेला र प्रशिक्षण संग विविध कार्य्रक्रम गरी जनतामा आफ्ना कुरा पुराईरहेका छन् ।

पाँच वर्षको नेतृत्व लिनका लागि जिल्लाको स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली काँग्रेसले दश वटै पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ । एमाले चुनावी रणनीति बनाएर प्रचार प्रसारमा लागेको छ ।

२०७४ मा नेकपा एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जित्यो । देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्यो ।

३० वडामा वडाध्यक्ष एमालेले जितेकोमा तीन जना वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एककिृत समाजवादी) भने पाँच दलीय सरकारमा भएकाले नेपाली काँग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन् । गत २०७४ मा बन्दिपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष उपाध्यक्ष सहित ५ वडामा समेत जित हासिल गरेको थियो ।

तीन नगरपालिका र तीन गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली काँग्रेसको सरकार रहेको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकामा काँग्रेसको सरकार छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली काँग्रेस ठुलो दल बनेको थियो । पाँच स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै पदमा जित हासिल गरेको काँग्रेसले एक स्थानीय तहमा प्रमुख र अर्कोमा उपप्रमुखमा जित हासिल गरेको हो ।

व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा काँग्रेसले प्रमुख उपप्रमुख दुवै पदमा जितेको हो ।

शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी भए थिए । ८५ मध्ये ५० वडाको वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्लाभारि भएको थियो ।

एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जित्यो । ३० वडामा वडाध्यक्ष एमालेले जितेकोमा तीन जना वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख सहित जिल्लाका पाँच वडामा वडाध्यक्ष जितेको थियो । यसपालि जिल्लामा चार दलीय गठबन्धन मिलेर स्थानीय तहको निर्वाचन लड्ने निर्णय गरेका छन् ।

सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर स्थानीय तहको निर्वाचन लड्नलाई कार्यदल नै बनाउने सहमति गरेका छन् ।

उम्मेदवार बन्न आकांक्षा देखाउनेको लर्को

यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवार बन्न आकांक्षीको लर्को लागेको छ । नेपाली कांग्रेस, नेकपा एमाले दखि अन्य दलमा समेत उम्मेदवार बन्न आ–आफ्नो पार्टीमा लबिङ गरिरहेका छन ।

विशेष गरी सत्तारुढ दल नेपाली कांग्रेस तनहुँलाई अहिले स्थानीय पालिकाको उम्मेदवारी टुंग्याउन निकै सकस पर्न थालेको छ । नेपाली कांग्रेस तनहँले जिल्लाका १० वटै पालिकामा प्रमुख÷ उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्य पदका आकांक्षीहरुको नामावाली संकलन गरेको छ ।

वडा र पालिकाबाट संकलित नामावलीहरु चैत्र २५ गतेसम्म क्षेत्रीय समितिमा आउने र क्षेत्रीय समितिले टुंग्याउन नसके चैत्र २८ गतेसम्म जिल्ला कार्य समितिमा नामावली आएपछि उम्मेदवारीको नामावली टुङ्गो लगाउने कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

नेपाली काङ्ग्रेसबाट कहाँ को ?

सबै भन्दा बढी नेपाली कांग्रेसमा आकांक्षी बढी देखिएका छन् । तनहुँको व्यास नगरपालिकामा मात्रै कांग्रेसबाट मेयर बन्न १५ जनाले चहाना देखाएका छन् ।

आवेदन दर्ता गराउनेमा वर्तमान नगर प्रमुख वैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पार्टीका पूर्व सभापति रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, दिपकराज जोशी, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, पूर्व सचिव विश्व बाँस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठले नगरप्रमुख पद दाबी गर्दै आवेदन दर्ता गराएका छन् ।

यस्तै, नगर उपप्रमुख पदका लागि सात जनाको आवेदन परेको छ । हालका उपप्रमुख मिरा जोशी, नारायणी अधिकारी, कल्पना पोख्नेल, इन्दिरा दरै, नोमा थापा, मुन्नि शाही ठकुरी, वीणा कैनीले आवदेन दर्ता गराएका छन् ।
भानु नगरपालिकाको मेयरका लागि १५ जनाले आकांक्षा देखाउँदै नगरसमितिमा आवेदन दर्ता गराएका छन् ।

हालका नगरप्रमुख उदयराज गौलीले पुनः नगरप्रमुखका लागि इच्छा नदेखाएपनि वडा सदस्यमा आवेदन दिएको चर्चा चलेको छ ।

नगरप्रमुखको पद दाबा गर्दै वर्तमान उपप्रमुख आशा थापा, क्षेत्रीय सभापति श्याम मौराती, पूर्व सचिव लक्ष्मी आचार्य, चिनु पोख्नेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ,राजन श्रेष्ठ, विश्वेश्वर खनाल, दिपेन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी र अर्जुन अधिकारीले आवेदन दर्ता गराएका छन् ।

यस्तै, भनुको उपप्रमुखको पद दाबी गर्दै रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती र संगिता जिसीले आवेदन दर्ता गराएको बताइएको छ ।

यता, शुक्लागण्डकी नगरपालिकाको प्रमुख बन्नलाई १० जनाले आकांक्षा देखाउँदै आवेदन दर्ता गराएका छन् । नगर समितिले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा वर्तमान प्रमुख किसान गुरुङ सहित १० जनाले प्रमुख पद दाबी गरेका छन् ।

शुक्लागण्डकीको प्रमुख पद दाबा गर्दै प्राध्यापक डा. कृष्णप्रसाद गौतम,व्यवसायी कृष्णराज पण्डित, महेश्वर भट्टराइ, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराइले आवेदन दर्ता गराएका छन् ।

यस्तै, उपप्रमुखको पद दाबा गर्दै आठ जनाले पार्टीमा आवेदन दिएका छन् । तारा अधिकारी, चन्द्रकला भट्टराइ, टिकामाया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्णप्रसाद रेग्मी, रेशमलाल पौडेल र विना खनालले उपप्रमुखमा आकांक्षा व्यक्त गर्दै आवेदन दर्ता गराएका छन् ।

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि १३ जनाले आकांक्ष व्यक्त गरेका छन् । कांग्रेसको राम्रो पकड रहेको यो पालिकामा अध्यक्ष पद दाबी गर्दै संविधानसभा सदस्य झुलबहादुर आले, वर्तमान अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, मोहन गिरी, पशुराम गिरी, इन्द्र आले, तिलबहादुर थापा, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी र अशोक गिरीले आवेदन दर्ता गराएका छन ।

गाउँपालिकाको उपाध्यक्षका लागि हालकी उपाध्यक्ष गिनुमाया थापा, सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल र इन्द्र आलेले आकांक्षा व्यक्त गरेका छन् ।

भिमाद नगरपालिकामा मेयरका लागि काँग्रेसबाट ६ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा एमालेले विजय हाँसिल गरेको भिमादमा मेयरका लागि पार्टीका जिल्ला सहसचिव मिलन आले, तनहुँ क्षेत्र नंं २ का क्षेत्रीय सभापति चुडामणि खनाल, अरविन श्रेष्ठ, श्याम सुन्दर जोशी र गोपाल पराजुलीले दाबी गरेका छन् ।
मेयरका लागि महिलाबाट इन्दिरा खनालले मात्र आकांक्षा व्यक्त गरेकी छिन् ।

त्यस्तै उपमेयरमा निरञ्जना खनाल,याममाया थापा, रो माया थापा,त्रिभुवन सेन, देवी सुवेदी लगाएत आठ जना रहेका छन् । म्याग्दे गाउँपालिकाको अध्यक्षका लागि सात जनाले दावी गरेका छन् । वर्तमान अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, रामकृष्ण विक, रामभक्त घिमिरे, जीतराज राना, पवित्रा घिमिरे र हुतमणि अधिकारीले आकांक्षा राखेका हुन् । उपाध्यक्षका लागि शुभद्रा घिमिरे, जानकी थापा, लक्ष्मी वाग्ले, कुमारी रानाले आकांक्षा देखाएका छन् ।

घिरिङ गाउँपालिकामा अध्यक्षका लागि आठ जनाले इच्छा व्यक्त गरेका छन् । गएको निर्वाचनमा एमालेले जितेको यो पालिकामा अध्यक्ष बन्न सुर्यकुमार श्रेष्ठ, यमबहादुर थापा, गंगाराम कुमाल, निर्जला अर्याल, सुमन थापा मगर, झलकथापा मगर, रबि घोरासिनी र इमान थापाले दावा गरेका छन् ।

उपाध्यक्षमा भने बोलमाया थापा र शान्त खनालले मात्र नाम दर्ता गरेका छन् ।

देवघाट गाउँपालिकामा अध्यक्ष पदका लागि नौ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । अध्यक्ष बन्नका लागि हालकी उपाध्यक्ष बिमला थापा,पार्टी सभापति तिलबहादुर थापा , गाउँपालिकाका पूर्वपार्टी सभापति प्रेमबहादुर गुरुङ, प्रदेश सदस्य कर्णबहादुर गुरुङ, अर्जुन अधिकारी, छबिजंग वंशी ठकुरी, गोबिन्दप्रसाद न्यौपाने, खम्ब सिं राना, कुलबहादुर गुरुङले इच्छा व्यक्त गरेका छन् । यसैगरी, उपाध्यक्षमा भिमकुमारी थापा पौडेल, इन्द्रमाया थापा मगर, राधा खनाल र राममाया आलेले आकांक्षा राखेका हुन् ।

बन्दिपुर गाउँपालिकामा अध्यक्ष पदका लागि १४ जनाले दाबी गरेका छन् । इन्कन खनाल, दीपक भट्टराई, सरिता पिया, सन्तबहादुर गुरुङ, हस्तबहादुर जि.सी, रोजन बानियाँ, ज्ञानेन्द्र अधिकारी, परशुराम अधिकारी, ध्रुबलाल प्रधान, मानकाजि श्रेष्ठ, बैंशबहादुर गुरुङ, शुरेश भट्टराई,रेशम गुरुङ, कर्णबहादुर खत्रीले आकांक्षा देखाएका हुन् । यसैगरी उपाध्यक्षमा सविना गुरुङ, रोशनी पिया, पन्चमाया गुरुङ, केशु गुरुङ र लिला गिरीले नाम दर्ता गरेका छन् ।

एमालेबाट को कहाँ आकांक्षी

नेकपा एमालेबाट भानु नगरपालिकाको मेयर पदमा ७ जना आकांक्षी देखिएका छन् । उम्मेदवार चयन गर्ने सम्बन्धमा बुधबार आयोजित नगर कमिटीको बैठकमा ७ जनाले मेयरमा र ४ जनाले उपमेयरमा आकांक्षा देखाएका छन् ।
मेयरको आकांक्षीहरुमा सुनिल पाण्डे, सीताराम बजगाई, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शंकर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहेका छन् ।

यस्तै उपमेयरमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गिता अधिकारीले नाम दर्ता गराएका थिए । बैठकले उम्मेदवार सिफारिस सम्बन्धी कुनै निर्णय गर्न नसकेपछि प्रस्तावित सबै नामलाई जिल्ला कमिटी मार्फत प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट ५ जना आकांक्षी रहेका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेबाट वर्तमान अध्यक्ष रनबहादर राना सहित गण्डकी प्रदेश कमिटिका सदस्यद्वय विष्णुभक्त सिग्देल र होमबहादुर थापा, गाउँपालिका कमिटिका अध्यक्ष विष्णुप्रसाद ढकाल र जिल्ला कमिटि सदस्य इन्द्र थापा मुख्य आकांक्षी रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट को–को ?

नेकपा माओवादी केन्द्रले पनि आन्तरीक रुपमा उम्मेदवारहरुको तयारी गरेको छ ।

नेकपा माओवादी बन्दिपुरमा अध्यक्षमा पुर्ण सिंह थापा, करुण गुरुङ, भानुभक्त पोखरेल, जीवन कायस्थले आकक्षा देखाएका छन् ।

त्यस्तै उपाध्यक्षमा विद्या क्षेत्री लगायतले आकक्षा देखाएका छन् ।

यसैगरी आँबुखैरेनी गाँउपालिकामा शुक्र चुमान, प्रेम गुरुङ आकाक्षी रहेका छन । यस्तै उपाध्यक्षमा रजनी चुमान, सुर्य बहादुर गौली लगायतका आकाक्षी रहेका छन् ।

यसैगरी देवघाटमा भुवन गुरुङ,भिम ब राना लगायत अध्यक्षमा आँकाक्षी रहेका छन् । यसैगरी भानुममा नगर प्रमुखमा गिता शाही, सिताराम अधिकारी, लगायतका आकाक्षी रहेका छन् ।

यसैगरी व्यास नगरपालिका राजेन्द्र केशरी न्यौपाने अतिन्द्र केशरी न्यौपाने, रामचन्द्र सापकोटा लगायतका आकाक्षी रहेका छन् ।

यसैगरी म्याग्दे गाँउपालिकामा दिल बहादुर नेपाली, बालकृष्ण श्रेष्ठ, एस.बी थापा लगायतका नेताहरुको चर्चा रहेको छ ।

यसैगरी शुक्लागण्डकीमा प्रमुखमा विश्वजित गौतम, राजु वि.क., मनराज गुरुङ,मुक्ति सिग्देल लगायतका नेताहरु रहेका छन् ।

भिमाद नगरपालिकामा राम बहादुर थापा लगायतका आकाक्षी रहेका छन् ।

यता नेकपा एमालेबाट बिभाजित भएर बनेको नेकपा एकिकृत समाजवादी पनि चुनावमा आफ्ना उम्मेदवारहरुको खोजीमा रहेको छ । भानु नगरपालिकामा एकीकृत समाजवादीका श्रीराम पौडेल अगाडी आउने देखिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS