images
images
images

कन्सर्टको टिकट बेचेर प्राप्त रकमबाट रोटर्याक्ट दमौलीद्वारा विपन्न विद्यार्थीलाई ड्रेस, झोला र जुत्ता सहयोग

images

तनहुँ । रोटर्याक्ट क्लब अफ दमौलीले कन्सर्टको टिकट बेचेर उठेको रकमबाट जिल्लाको एक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । आठौँ तनहुँ महोत्सवको अवसरमा आयोजित २ वटा कन्सर्ट कार्यक्रममा क्लबको तर्फबाट बिक्रि गरिएको टिकटबाट क्लबलाई आएको रकमबाट विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक(ड्रेस) सहित शैक्षिक सामग्री सहयोग गरेको हो ।

जिल्लाको व्यास–११ स्थित चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत ७० जना दलित, सिमान्तकृत र विपन्न परिवारका बालबालिकालाई पोशाक (सर्ट र पाइट), झोला, जुत्ता, मोझा लगायतका कपि, कलम लगायतका शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक एवम् क्लबका इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठले जानकारी दिए ।

उक्त टिकट विक्रिबाट क्लबले आम्दानी गरेको ३५ हजारबाट सो बराबरको सामग्री विद्यार्थीलाई सहयोग गरिएको उनले जानकारी दिए । उनले थपे ‘टिकट बिक्रिबाट हाम्रो क्लबले पाएको रकमको सदुपयोग गर्दै विद्यार्थीहरु कै आवश्यकता र माग अनुसार शैक्षिक सामग्री वितरण गरेका हौं ।’

सोही क्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै रोट्याक्ट क्लबले उत्कृष्ट सामाजिक काम गर्दै आएको बताए । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर खड्काले जिल्लामा सामाजिक काम गर्ने धेरै संघसंस्था भएपनि हालसम्म कुनै पनि संस्थाबाट सहयोग प्राप्त नभएको बताए ।

विद्यालयमा पढ्ने प्राय: बालबालिकाको आर्थिक स्थिती कमजोर भएकाले धेरै समस्या भोग्दै आएको चर्चा गर्दै उनले क्लबको सहयोगले बालबालिकाको पठनपाठनको ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

क्लबका उपाध्यक्ष पवनसिंह कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन श्रीराम गन्धर्वले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS