तनहुँ । तनहुँको सेराटारमा दुई वटा बस ठोक्किदा १५ जना यात्रु घाइते भएका छन ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ सेराटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा खैरेनीटारबाट दमौली तर्फ जादै गरेको बा ५ ख ५८१७ नं.को बस र बिपरित दिशा दमौली तर्फबाट खैरेनीटार तर्फ जादै गरेको ग १ ख ५९०० नं.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार यात्रु घाइते भएका हुन ।
दुबै बसमा सवार यात्रुहरुलाई स्थानिय एवं प्रहरी द्वारा उद्दार गरी ३ जना रत्नहरी अस्पताल दमौली तनहुँ, ११ जना जि.पि कोईराला राष्टिय श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भईहरेको र २ जनालाई थप उपचारार्थ मणिपाल शिक्षण अस्पताल पोखरा रिफर भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका तनहुँको व्यास नगरपालिका वडा नं. ६ शिसाघाट बस्ने ३६ वर्षीय अजय श्रेष्ठ, ललितपुर गोदाबरी नगरपालिका १ कार्कीटार बस्ने ६२ वर्षीय राज केशर र ६० वर्षीय रुपा कार्कीको रत्नहरी अस्पताल दमौलीमा उपाचर भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै काभ्रे चौरी देउराली गाउँपालिका ३ बस्ने ३३ वर्षीय नर बहादुर श्रेष्ठ, तनहुँको व्यास नगरपालिका ६ बस्ने २७ वर्षीय दुर्गा बहादुर दुरा, व्यास-१२ बस्ने ७१ वर्षीया पार्वती बराल, स्याङजाकोअर्जुन चौपारी- ४ बस्ने २७ वर्षीय देवी वि.क., सोही स्थका ६ वर्षीय आशिष बि.क., व्यास-६ बस्ने २० वर्षीय शर्मीला सुनार, म्याग्दे गाउँपालिका ३ बस्ने ३० वर्षीया संगिता खड्का, व्यास-६ बस्ने २५ वर्षीया हरी माया आले, व्यास-६ बस्ने ३४ वर्षीया टंक माया गुरुङ र भारत घर भई हाल शुक्लागण्डकी नगरपालिका ५ बस्ने ३५ वर्षीय कृष्ण गुप्ताको जि.पि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भईरहेकोे प्रहरीले जनाएको छ ।
त्यस्तै लमजुङको मध्य नेपाल नगरपालिका वडा नं. ५ बस्ने ५० वर्षीय लक्ष्मण रायमाझीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेका प्रहरीले जनाएको छ ।