तनहुँ । गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन कायमै हुने बताएका छन ।
गृहमन्त्री खाणले सो कुरा तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं तनहुँ महोत्सवको समापन समारोहमा बताएका हुन ।
उनले अगाडि भने ‘गठबन्धन बचाउनुपर्छ।’
नागरिकको जिवन रक्षाका लागी सरकार कटिबद्ध रहेको गृहमन्त्री खाणले बताए ।
‘सरकार बचाउन मात्रै होइन आगामी निर्वाचनका लागी पनि गठबन्धन आवश्यक रहेको छ ।’ गृहमन्त्री खाणले भने ।
उनले थपे ‘नेपाली काङ्ग्रेस गठबन्धन भन्दा बाहिर जादैन ।’
त्यस्तै एमसीसी मार्फत नेपाली युवालाई रोजगार दिने, विद्युत विकास गर्ने योजना रहेकोे गृहमन्त्री खाणले बताए ।