damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

करेन्ट लागेर देवघाटका एक जनाको मृत्यु

चितवन । चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर देवघाट निवासी एकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं.५ बसन्तपुर निवासी ५५ वर्षिय भीमबहादुर थापा मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको मृत्यु भएको हो ।

मृतक मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala