images
images
images

अखिल नेपाल महिला संघ तनहुँको अध्यक्षमा ढकाल

images

तनहुँ । अखिल नेपाल महिला संघ तनहुँको अध्यक्षमा विष्णुमाया ढकाल चयन भएकी छन् ।

आइतबार सम्पन्न संघको आठौं जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको
हो ।

संघको उपाध्यक्षमा लक्ष्मी सिग्देल, विन्दु वाग्ले, सचिवमा सीता पाण्डे, कोषाध्यक्षमा नारायणी गैहे र उपसचिवमा पूर्णिमा थापा चयन भएका छन् ।

अधिवेशनले चार नगरपालिकाबाट १०-१०, म्याग्दे, घिरिङ र बन्दीपुरबाट ५-५ र आँबुखैरेनी, देवघाट र ऋषिङबाट ३३ सदस्य छनौट गरेको नेकपा एमाले तनहुँकी नेतृ बसुन्धरा घर्तीले जानकारी दिइन् ।

अधिवेशनको नेकपा एमालेका स्थायी कमिटी सदस्य सीता पौडेलले उद्घाटन गरेकी थिइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS