दमौली
चारकुने आधारभुत स्वास्थ्य केन्द्र व्यास–१ले व्यास नगरपालिका वडा नं. १ ले टाइफाइड रोग विरुद्वको खोप अभियान प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको छ ।
वडा खोप समन्वय समिति व्यास–१को आइतबार बसेको बंैठकले खोप अभियान प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको हो । व्यास नगरपालिका वडा नं. १का वडा अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष खरसिं दरैको अध्यक्षतामा बसेको बैठकले वडामा खोप अभियानलाई प्रभावकारी ढङ्गबाट संचालन गर्ने निर्णय गरेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दरैले अभियानललाई प्रभावकारी रुपमा सचालन गर्न निर्देशन दिएका थिए ।
कार्यक्रममा वडा खोप समन्वय समितिका उपाध्यक्ष राधिका पन्त,वडा नं. १ का वडा सस्दय चुडामणि दाहाल,निर बहादुर ठकुरी,चन्द्रकला सुनार, जलदेवी माविका प्रअ जयराम सेढाई,भाँदगाँउ खिरखाँदी खानेपानी तथा सरफाई उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर दरै, लगायतको सहभागिता रहेको थियो ।
व्यास नगरपालिका वडा नंं १ मा ९ वटा खोप केन्द्र मार्फत करिब ३३ सय बालवालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
व्यास नगरपालिका वडा नं. १ मा निर्मल माविमा चैत्र २५ गते,लर्डबुद्व एकेडेमीमा २७ गते,लालिगुरास विद्या सागरमा २७ गते ,२८ गते न्यू मनाकामना आमावि र जलदेवी मावि, मादीश्री बोर्डिङ स्कुल र तनहुँ ज्ञानज्ञंगा बोििर्डक स्कुलमा २९ गते र ३० गते डमौली आमावि र इन्द्रेणी स्काई बोर्डिङ स्कुलमा खोप केन्द्र रहेको चारकुने आधारभुत्त स्वास्थ्य केन्द्रले जनाएको छ । साथै २०७९ बैशाख १ गते चारकुने आधारभुत स्वास्थ्य केन्द्रमा खोप लगाउन छुट वालवालिकालाई खोप लगाउने पनि केन्द्रले जनाएको छ । नेपाल सरकारले अभियानका रुपमा १५ महिना देखी १५ बर्ष मुनिका वालवालिका टाइफाइड रोग विरुद्व खोप अभियान देश भर संचालन गर्दैछ ।