तनहुँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनप्रतिनिधीले डाँडामा भ्युटावर होइन खानेपानि, विद्यालय र अस्पताल बनाउनुपर्ने बताए । सो कुरा नेता कोईरालाले आईतबार बन्दीपुर गाउँपालिका–२ सिमलटार स्थित सिमलटार खानेपानी आयोजनाको उद्घाटन गर्दै बताएका हुन् ।
‘पहाडमा भ्यु टावर बनाउने र तराईमा गेट बनाउने होडबाजी जस्तै देखिएको छ अग्लो ठाउँमा भ्यूटावर बनाउनुको अर्थ छैन भने गेट बनाउँदा जनताको हातमा आम्दानी हुँदैन, यस्ता कार्य आगामी दिनमा नर्गन विनम्र आग्रह गर्न चाहन्छु’ कोइरालाले भने । हामी भ्यु टावर बनाउँदैनौ भनेर प्रतिज्ञा गर्न समेत उनले आग्रह गरे ।
‘भ्यु टावरको खर्च हामी अस्पताल, विद्यालय बनाउन, खानेपानीको लागि गछौं भनेर अब चुनावमा उठ्दा भन्नुहोस्’ नेता डा. कोइरालाले भने । नेपाली समाज अहिले पनि डोकोमा पानी भरेर घरमा पु¥याउने अवस्थामा हुनु भनेको विडम्बना भएको र यसले देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने कुरा सोचेर फजुल खर्च गर्न नहुने कोइरालाको भनाइ थियो ।
शिक्षा, अस्ताल, खानेपानी र सडक जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बिकास बजेट विनियोजन गर्न निरन्तर प्रयाश गर्ने र त्यसको लागि सम्पर्क गर्ने डा. कोइरालाले बताए ।
अनावश्यक कुराका खर्च गरेकोले बजेटको सही सदुपयोग हुन नसकेको बताए । अत्यावश्यक र उत्पादन मुलक क्षेत्रमा मात्रै बजेट खर्च गरेमात्रै विकास मद्धत पुग्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशको विकास गर्ने र विकासको नीति निर्माण गर्ने पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै देशको आम्दानी कम भएकोले अन्तराष्ट्रिय सहयोग जुटाउने र वैदेशिक रोजगारीको ढोका खोल्ने काम पनि कांग्रेसले नै गरेको बताए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, नेपाली कांग्रेस बन्दीपुरका सभापति कर्णबहादुर खत्री, कांग्रेसका जिल्ला नेता प्रेमबहादुर बानियाँले लगायतले विकासको लागि आग्रह र पूर्वाग्रही नगरी आवश्यकताको आधारमा हुनु पर्नेमा जोड दिएका थिए । आफूले भोट पाएको क्षेत्रमा मात्रै माया गरेर विकास र रोजगारीलाई प्राथमिकता दिने नगरी सबैलाई समेटेर विकास गरिनु पर्नेमा जोड दिए ।
स्थानीय वासिन्दाको जनश्रमदान ३३ प्रतिशत र बाँकी सङ्घीय सरकारको गरी एक करोड ५० लाख रुपियाँको लागतमा गिदेरी खोलाको पानी तानेर घरघरै धारा वितरण गरिएको सिमलटार खानेपानी तथा सरससफाई उपभोत्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । गाउँमा ८५ वटा धारा वितरण गरिएको र २४ सै घण्टा पानी आउने उनले जानकारी दिए ।
सो ठाउँकी उजेली आचार्यले झोको ग्राग्री बोकेर विहान झिसमिसे अध्यारोमा नै उठेर पानी लिन जानु पर्ने बाध्यता अन्त्य भएकोमा खुसी लागेको बताए । पानीको अभावले वस्ती छाडेर जानेहरु बढ्दै गएको र हाल सो समस्या समाधान भएकोले फर्कने क्रम शुरु भएको उनले जानकारी दिए ।
सो कार्यक्रममा खानेपानीको बजेट बिनियोजन गर्न पहल गर्नुहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, योजनाको लागि सहयोग गर्नुहुने खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर बामदेव पौडेल र प्राविधिक टेकबहादुर थापा, जग्गादाता तुलबहादुर बिक, टेकबहादुर कुँवर, नन्दलाल भट्ट, दिव्यज्योति निर्माण सेवाका दीपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो ।