images
images
images

मतदातालाई पुरानै गल्ती दोहोर्‍याउने छुट छैन : राजेन्द्र लिङ्देन

images

तनहुँ । मतदातालाई पुरानै गल्ती दोहोर्‍याउने छुट नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको आयोजनामा दमौलीमा भए आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन ।

उनले भने ‘अब एक चुनाव हेरौं न भन्ने छुट छैन ।’

‘अब समय कम छ । त्यसै सहि पार्टी र उम्मेदवार रोजौ ।’ उनले भने ।

उनले अगाडि भने ‘देशको अवस्था सामान्य आँखाले हेरे जस्तो छैन ।’

सरकारको तीन वटै अंगले काम गर्न नसकेको उनको आरोप छ । उनले थपे ‘न्यायपालिका, व्यवस्थापालिका र कार्यापालिकाले काम गर्न सकेका छैन ।’

ठुला पार्टीका नेताको आलोकाचो व्यवहारले देश युक्रेन बन्न सक्ने अवस्था देखिएको अध्यक्ष लिङ्देनले बताए ।

राप्रपा तनहुँका जिल्ला अध्यक्ष विनोद घर्तीको सभापतित्वका उक्त सभा भएको थियो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले मतदान भोलिको भविष्य भएको बताए । उनले थपे ‘भ्रष्टाचार मुक्त समाज बनाउन हामिलाई भोट दिनुस् ।’

संबैधानिक राजतन्त्र आवश्यक आजको आवश्यकता भएको प्रवक्ता शाहीले बताए ।

उनले अगाडि भने ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।’

राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङले संघीयता नेपालको लागि सुहाउँदो नभएको बताए । उनले थपे ‘त्यसै यो तत्काल खारेज गर्नुपर्छ ।’

युवा वर्गको आकर्षण राप्रपा प्रति रहेको उपाध्यक्ष गुरुङले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS