damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

गुणादीमा ट्रकको ठक्करबाट ऋषिङका थापाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । माेटरसाइकलमा सवार युवकलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा ज्यान गएकाे प्रहरी जनाएको छ ।

ग५प ६०८३ नम्बरको माेटरसाइकलमा सवार ऋषिङ गाउँपालिका वडा नं २ घर भएका १९ वर्षिय तारन थापालाई ना३ख ४६९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्बिर : गुणादी बाराही तनहुँ

प्रतिक्रिया दिनुहोस्

sukala