दुलेगौँडा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अखिल नेपाल महिला संघ क्रान्तिकारी शुक्लागण्डकी नगर कमिटी गठन गरेको छ । शनिबार दुलेगौँडामा भएको प्रथम नगर सम्मेलनले शारदा क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय नगर समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शोभा गुरुङ, सीता अधिकारी र आरती सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा सीता बराल, सह-सचिवमा बिपना थापा कुमाल र कोषाध्यक्षमा सुष्मा लम्साल पौडेल चयन भएका छन् । आगामी निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्रले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै संगठनको केन्द्रीय अध्यक्ष अमृता थापा मगरले जनयुद्धबाट महिलाले प्राप्त गरेको अधिकार कार्यान्वयनका लागि माओवादीमा आवद्ध हुनुपर्ने बताएकी थिइन् ।