images
images
images

स्थानीय तह निर्वाचन : तनहुँमा २३ राजनितिक दल दर्ता

images

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दल दर्ता भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित १७ अन्य दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने छन् ।

राष्ट्रिय मान्यताप्राप्त बाहेक सत्रवटा दललाई उनीहरुको विधानमा उल्लेख भए अनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन् ।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

निर्वाचनको लागि जिल्लामा एक हजार ६ सय जनशक्ति आवश्यकता पर्ने बताइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS