images
images
images

शुक्लागण्डकीको दुई उद्योग वाणिज्य संघ एकीकरण, अध्यक्षमा रिमाल

images

दुलेगौँडा । दुई उद्योग वाणिज्य संघ एकिकरण भए पश्चात् शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्ष बिमलप्रसाद रिमाल भएका छन् । गोलाप्रथाबाट बसन्त ज्वारचन पक्षले संस्था छनौट गरेपछि हरिकुमार श्रेष्ठ पक्षले अध्यक्ष पाउने सहमति बनेको थियो । सोही अनुसार श्रेष्ठ पक्षबाट रिमाल सर्वसम्मत रुपमा अध्यक्षका लागि सिफारिस हुदै नयाँ कार्य समितिको अध्यक्षमा चयन भएका हुन् ।

आइतबार दुलेगौँडामा भएको नयाँ कार्यसमिति घोषणा कार्यक्रममा श्रेष्ठ पक्षबाट अध्यक्षमा रिमाल, द्वितिय उपाध्यक्षमा सुजित हिराचन, महासचिवमा उपेन्द्र तिमिल्सिना चयन भए । त्यस्तै, ज्वारचन पक्षबाट प्रथम उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार मल्ल र सचिवमा ऋषिबहादुर बस्नेत आएका छन् ।

श्रेष्ठ पक्षबाट सदस्यहरु बिर्सना श्रेष्ठ, जोशिला थापा, शान्ति भण्डारी, देवेन्द्र ढुङ्गाना, मित्रबन्धु पौडेल, कमल गैह्रे, सुजन श्रेष्ठ, प्रेम श्रेष्ठ र गिरबहादुर थापा क्षेत्री चयन भए । ज्वारचन पक्षबाट सदस्यहरुमा ऋषि महत, अर्जुनकुमार श्रेष्ठ, राजबहादुर थापा, बर्मकुमार श्रेष्ठ, अमृत घिमिरे, तुलसी शाह, सुमन सापकोटा, विधान गुरुङ चयन भएका छन् । समितिमा श्रेष्ठ समुहबाट नौ र ज्वारचन समुहबाट आठ जना सदस्य आएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् । यस अघिका अध्यक्षद्धय बसन्त ज्वारचन र हरिकुमार श्रेष्ठ भने संस्थापक अध्यक्ष रहनेछन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS