images
images
images

ऋषिङ गाउँपालिकाको भवनको काम नसक्दै उद्घाटन गर्ने हतारो, एमालेद्वारा बहिष्कार

images

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले भवनको काम नसकिदै भवन उद्घाटन गर्ने हतारो गरेको छ । बिहिबार प्रधानमन्त्री शेर बहादुर देउवा तनहुँ आउने कार्यक्रम रहेको अवसरमा मौकाको फाइदा उठाउन खोज्दै गाउँपालिकाले भवन उद्घाटन गर्न लागेको हो ।

गाउँपालिकाको भवन ३ करोड ५२ लाखको लागतमा ऋषिशक्ति बिल्डरले बनाउने ठेक्का पारेको थियो । दुई वर्ष भित्र बनाउने गरी ठेक्का सम्झौता भएतापनि तोकिएको म्याद भित्र काम नसकिएकाले १ वर्ष म्याद थपिएको ऋषिङ गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख इन्जिनियर अखिल सुवेदीले जानकारी दिए ।

उनका अनुसार वर्षा, पहिरो र कोभिडका कारण देखाउदै ठेकेदार कम्पनिले काम नसकेको हो । उनले अगाडी भने ‘काम अन्तिम चरण मै छ, फिनिसिङ बाँकी हो ।’

थपिएको १ वर्षे म्याद पनि आगामी वैशाख सम्म मात्रै रहेको उनले जानकारी दिए ।

निर्माण कम्पनिले भवन गाउँपालिकालाई हस्तान्तरण समेत गरेको छैन । रकम भुक्तानी नहुँदै र निर्माणका काम बाँकी रहदै भवन उद्घाटनको हतारो गाउँपालिकाले गरेको हो । पुरा रकम भुक्तानी नभएको गाउँपालिकाका लेखा अधिकृत दिनेश कुमार तिमिल्सिना जानकारी दिए ।

यता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले भने भवन निर्माण भएको ठाउँ नै गलत भएको बताएको छ । नेकपा एमाले ऋषिङ गाउँपालिकाले विज्ञप्ती नै निकालेर बहिष्कार गरेको छ । नेकपा एमाले ऋषिङ गाउँ कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम बहिष्कारको घोषणा गरेको हो ।

गाउँपालिकाको केन्द्रका विषयलाई लिएर एमाले ऋषिङ विगतदेखि नै एकमत रहेकाले उक्त कार्यक्रममा सहभागी हुन नसकिने ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले जानकारी दिए ।

यता नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य मदन आलेले सर्वदलीय निर्णयले गाउँपालिकाको भवन ढुंगाडेमा बनाउने निर्णय गरेको बताए । तर गाउँपालिकाले उक्त निर्णय विरुद्ध एकलौटी रुपमा भवन बनाएको उनको आरिप छ । उनले अगाडी थपे ‘यसमा हाम्रो बिमती छ ।’

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने भवन निर्माण सम्पन्न भईसकेको बताएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS