तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको बिहीबार हुने भवन उदघाटनको कार्यक्रम नेकपा एमालेले बहिष्कार गर्ने जनाएको छ । नेकपा एमाले ऋषिङ गाउँ कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम बहिष्कारको घोषणा गरेको हो ।
गाउँपालिकाको केन्द्रका विषयलाई लिएर एमाले ऋषिङ विगतदेखि नै एकमत रहेकाले उक्त कार्यक्रममा सहभागी हुन नसकिने ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले जानकारी दिए ।
उनले अगाडी थपे ‘ विगत २०७३ सालमा गाउँपालिका केन्द्रको सन्दर्भमा सर्वदलिय समितिको सिफारिश र स्थानीय पुनः संरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सर्व स्वीकार्य हँदाहदै गाउँपालिकाले अर्को निर्णय गरि निर्णय विपरित फरक ठाऊँमा केन्द्र परिवर्तनको अनुमति समेत नलिई स्थान परिवर्तन गरेकोमा हामीले असहमती जनाई विरोध गरि संघर्ष समिति समेत गठन गरी ज्ञापनपत्र, विरोधसभा, ऋपिङ्ग वन्द सहित विभिन्न विरोधका कार्यक्रमहरु गरिसकेका छौं । ‘
यस्तो छ प्रेस विज्ञप्ती :
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ऋषिङ्ग गाऊँ कमिटीले ऋषिङ्ग गाऊपालिकाले मिति २०७८।१२।१० का दिन गाउँपालिका प्रशासनिक भवन उद्घाटन गर्ने भन्ने जानकारी प्राप्त गरेकोमा र सो सम्वन्धमा हाम्रो पार्टीको ध्यान आकर्षण भएको छ ।
हाम्रो पार्टीले गरेको विगतको निर्णय परिवर्तन गरेको छैन र प्रानो मान्यता यथावत रहेको व्यहोरा जानकारी गराउँछौ । विगत २०७३ सालमा गाउँपालिका केन्द्रको सन्दर्भमा सर्वदलिय समितिको सिफारिश र स्थानीय पुनः संरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सर्व स्वीकार्य हँदाहदै गाउँपालिकाले अर्को निर्णय गरि निर्णय विपरित फरक ठाऊँमा केन्द्र परिवर्तनको अनुमति समेत नलिई स्थान परिवर्तन गरेकोमा हामीले असहमती जनाई विरोध गरि संघर्ष समिति समेत गठन गरी ज्ञापनपत्र, विरोधसभा, ऋपिङ्ग वन्द सहित विभिन्न विरोधका कार्यक्रमहरु गरिसकेका छौं ।
तसर्थ जनताको साझा माग, सामाजिक न्याय जस्ता कुरालाई वेवास्ता गर्दै उक्त कार्यक्रममा सहभागी हुन सक्दैनौ र आम नेकपा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक समेतलाई सहभागी नहुन हार्दिक अपिल गर्दछौं ।