images
images
images

कांग्रेसले गठबन्धन गर्नु नहुने पूर्व गृहमन्त्री गोविन्दराज जोशीको भनाई

images

दमौली । नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेसले गठबन्धन गरेर चुनाव लड्न नहुने बताएका छन् । व्यास नगरपालिका–१३ बेलवासमा सोमबार गरिएको कार्यकता भेलालाई सम्बोधन गर्दै नेता जोशीले सो कुरा बताएका हुन् ।

कांग्रेसले मेलमिलाप गरेर जाने हो भने एक्लै सजिलैसँग चुनाव जित्ने दाबी नेता जोशीले गरे । आफ्नै पार्टीका नेतासँग नमिल्ने तर गठ बन्धन गर्न तिर ध्यानदिने गरेर उल्टो बाटो हिँडेको जोशीको भनाई थियो । ‘म सँग मिल्न नहुने प्रचण्डसँग गएर खुट्टामा ढोग्ने रे ? के यो राम्रो हो ? नेता जोशीले प्रतिप्रश्न गर्दै भन्नुभयो के लागि भन्दा गठबन्धन सत्ताको लागि भन्नु लाजमर्दो कुरा हो । ‘रामचन्द्र पौडेलले फेरी चुनाव लड्न र जित्न सजिलो हुन्छ भन्ने माओवादी केन्द्रका सुरेश आलेलाई राष्ट्रिय सभाको सदस्य बनाएका हुन्’ नेता जोशीले आरोप लगाए । । तनहुँ जिल्ला विकासमा पछि परेकाले आफू एकपटकको लागि उम्मेद्वार बन्ने उनले बताए ।

पार्टी नदिएमा जनताको तर्फबाट उम्मेद्वार बन्ने उनले बताए। ‘म तपाईलाई बेइमानी पनि गर्दिन र गरेको पनि छैन जबसम्म म सांसद थिएँ मन्त्री थिएँ तनहुँमा मैलै बोलेको कुरा नगरेको एउटा पनि छैन देखाउनुहोस् म ढाँट्दिन नेता जोशीले भने तर आज जुन किसिमबाट तनहुँ जिल्ला पछाडी परेको छ त्यो कामलाई पुरा गर्नको लागि यस पटक आँट गरेको हुँ’ । नेता पौडेल शेरबहादुर देउवाको गोठालो भएको आरोप उहाँले लगाए। । आफ्ना मान्छेलाई दिने र तनहुँ जिल्ला गुरुङ र मगरको बाहुल्यता भएपनि समानुपातिकमा समेत टिकट नदिएको उनको भनाई थियो । कार्यक्रममा विपी विचार समाज तनहुँ सचिवमा हरिशरण पण्डितले माओवादीले कांग्रेसका होनाहार कार्यकर्तालाई मारेको विर्सेर उसैसँग गठबन्धन गर्नु उपयुक्त नभएको बताए । कार्यक्रममा कांग्रेसका स्थानीय नेता गमबहादुर रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कांग्रेसका नेता सुकुमलाल गुरुङ, दीपकराज जोशी, क्याप्टेन रेशमबहादुर गुरुङ, सुरेन्द्र सुवेदी लगायतले विकास प्रेमी नेतालाई पछाडी पर्दा जनतालाई अन्याय भएको कुरामा जोड दिुन भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS