
तनहुँ । तनहुँको व्यास-५ मानुङकोटमा गएराती झडप भएको छ ।
उक्त झडपमा दमौलीका दुई जबा युवा घाइते भएका छन ।
घाइते हुनेमा जिल्लाको व्यास-४ निवासी दीपेन्द्र सिंह र व्यास-३ शान्तिनगर निवासी कमल रामदाम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते सिंहको टाउकोमा २२ वटा टाका र रामदामको चिउडोमा १० वटा टाका लगाएको छ ।
घाइतेको दमौली स्थित समाधान अस्पतालमा उपचार हुँदैछ ।
धारिलो हात हतियार प्रयोग गरि कुटपिट गारिएको पीडितले बताएको छन ।
पोखराबाट आएका युवाको समुहले कुटपिट गरेको घाइतेले बताएका छन ।
कुटपिटमा संलग्न युवाहरु भने फरार रहेका छन ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए