तनहुँ । तनहुँको व्यास नगरपालिका बजेट अभावका कारण समान्य खर्चका समेत भुक्तानी रोकिन थालेका छन् । आम्दानी र खर्चको असन्तुलनका कारण व्यास नगरपालिकाले ठुला रकमको चेक भुक्तानी रोकेको झण्डै महिना दिन हुन लागेको श्रोतले बतयो ।
पछिल्ला एक साता समान्य रकमका चेक समेत काट्नि छोेडेका छन् । स्थानीय तहको निर्वाचन नजिकीय संगै व्यास नगरपालिकामा कार्यकता रिजाउने हिसाबले मनपर्दी रकम विनियोजन हुँदा अहिले नगरपालिका आर्थिक संकटमा परेको हो ।
पछिल्लो केहि समय यता ठुला रकम भुक्तानी नगरपालिकाबाट हुन सकेको छैन । लाख माथिका रकम भुक्तानीका लागी कम्तिमा पनि २/३ हप्ता लाग्ने गरेको स्रोतले बतायो । एक निमार्ण ब्यवसयाीका अनुसार काम सम्पन्न भएको लामो समय हुदाँ पनि आफुले व्यास नगरपालिकाबाट रकम भुक्तानी पाउन नसकेको बताए । ति ब्यवसायीले भने ‘कतिपटक भन्ने जति भने पनि पैसा छैन् भन्छन् ।’
व्यास नगरपालिकामा रकम अभावकै आधारमा चेक नै काट्न बन्द गर्नुपर्ने अवस्था आएको यो पहिलो घटना भएको नगरपालिका एक पुराना कर्मचारीले बताए । केही समय यता व्यासले अध्ययन अवलोकन भ्रमण शिर्षकमा समेत ठुलो धनराशी खर्च गरेको छ।
निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकालको अन्तिम चरणमा आइपुगेको र आगामी निर्वाचनमा भोट माग्न सजिलो होस् भन्ने हिसाबमा मनलाग्दी रकम विनियोजन गर्दा व्यास नगरपालिकामा आर्थिक अभावको अवस्था सिर्जना भएको नगरपालिका स्रोतले जनाएको छ ।
यता व्यास नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत डिल्लीराम सिग्देल भने नगरपालिकाको आन्तरिक स्रोतको रकम नआउदा भुक्तानी रोकिएको स्विकार्छन । उनले भने ’दुई–चार दिन भित्रमा रकम आउछ अनि भुक्तानी गर्छौ ।’
उनका अनुसार केहि साना रकम आएको भएतापनि ठुला रकम नआउदा भुक्तानी नै रोकिन पुगेको हो । उनले अगाडी थपे ‘अहिले हाम्रो एकाउन्टेन्ट पनि बाहिर हुनुहुन्छ, उहाँ आएपछी भुक्तानी हुन्छ ।’
यता कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख किशोर श्रेष्ठले आफ्नो कार्यालयबाट जानु पर्ने रकम निरन्तर गएको बताउछन । उनले थपे ‘सर्सत अनुदानको दोस्रो किस्ताको बाँकी छ । त्यो केहि दिनमा जान्छ ।’