images
images
images

मृगौला पीडित खुश्बुको उपचारका लागी वाइसिएल व्यासनगरद्वारा २ लाख ७ हजार हस्तान्तरण

images

तनहुँ । वाइसिएल व्यासनगर कमिटीले खुश्वु बचाउ अभियान अन्र्तगत दुई लाख सात हजार रुपैयाँ विभिन्न व्यक्ति,संघसंस्थाबाट संकलन गरी मृगौला पीडित खुश्बु रानाको श्रीमानलाई हस्तान्तरण गरेको छ ।

तनहुँको व्यास नगरपालिका–१४ निवासी १९ वर्षीय खुश्बु रानाको दुबै मिर्गौलामा खराबी आएपछि उनको जीवन रक्षाको लागि आर्थिक संकलन गरी संकलित रकम उनका श्रीमान कोमबहादुर रानालाई हस्तान्तरण गरेको हो ।

वाइसिएलका केन्द्रिय सदस्य एवं तनहुँ इन्चार्ज ईश्वर बस्याल, वाइसिएल गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्य लगायतकाले खुश्बुका श्रीमान कोमबहादुर रानालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकम हस्तान्तरण गर्दै नेता बस्यालले जहाँ आपतविपद र दुख पर्छ त्यहाँ वाइसिएल नेपाल उपस्थित भएर काम गर्दै आएको बताए । वाइसिएल नेपाल राजनीतिकमा मात्रै नभई सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय रहेर महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

आर्थिक अवस्था नाजुक रानाको उपचारको लागि विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा उक्त रकम संकलन भएको वाइसिएल व्यासनगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS