images
images
images

दमौलीका टोल-टोलमा ‘गोदामे बम’, घना बस्ती मै ग्यास डिपोदेखि पेट्रोल पम्पसम्म

images

तनहुँ । आइतबार मात्रै तनहुँको दमौली बजारमा भिषण आगलागी भएको छ । मानवीय क्षति नभए पनि उक्त घटनामा करोडौको भौटिक क्षती भएको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्कालेले जानकारी दिए । उनले अगाडी भने ‘आगलागीको पूर्ण क्षतीको विवरण र के कारणको आगलागी भयो भन्ने बारे अनुसन्धान गर्दैछौं ।’

उक्त आगलागी नियन्त्रणमा लिन ४ घण्टा लागेको थियो । आइतबार बिहान १० बजेबाट लागेको आगो दिउँसो २ बजे तीर मात्रै नियन्त्रणमा आएको थियो ।

दमौलीको भुपाल हार्डवयरको गोदामबाट सुरु भएको आगोले आसपासमा घर, टहरामा समेत असर पुर्याएको छ । ४ वटा दमकल, १० भन्दा बढी ट्याङ्कर र स्थानीय, सेना, प्रहरीको संयुक्त प्रयासले आगलागी नियन्त्रणमा नआए पछी काठमाडौबाट हेलिकप्टर मगाएर मादीबाट पानि ओसार्दै आगलागी भएको स्थानमा हालेपछि नियन्त्रणमा आएको थियो ।

हार्डवयर र अन्य पसलहरु पनि साना साना ठाउँ रहेका छन् । बस्तिमा जान पनि साघुरा गल्लीहरु छन् । जहाँ आगलागी भईहाले पनि सहज रुपमा दमकल पुग्न सक्ने अवस्था छैन ।

तनहुँको सदरमुकाम दमौलीमा रहेका अधिकांस ग्यास डिपोले सरकारी नियमको बेवास्ता गरेको देखिन्छ । यहाँ घना बस्ति मै ग्यास डिपोदेख पेट्रोल पम्प रहेको छ ।

बस्ति भित्र स-साना गल्लि हुँदा आगलागी भईहाले पनि दमकल सहजै पुग्न सक्ने अवस्था दमौलीका भित्रि भागमा छैन ।

ग्यास डिपोमा आगो लाग्न सक्ने हुँदा निभाउन प्रयोग हुने साधन राख्नुपर्ने, वाणिज्य कार्यालयमा ग्यास डिपो दर्ता गर्नुपर्ने, ग्यास चुहावट रोक्न सिल दुरुस्त राख्नुपर्ने लगायत कार्यविधि अधिकांशले पालना नगरेको देखिन्छ ।

प्रत्येक ग्यास कम्पनीले आफ्नो ग्यासको डिपो राख्न एरियाअनुसार दूरी तोक्ने, ग्यास बिक्रीका लागि अनिवार्य प्रमाणीकरण गर्नुपर्ने, ग्यास उद्योगी (कम्पनी) सँग भएको सम्झौता उल्लेख गर्नुपर्ने, भूमिगत डिपो नदिने, ग्यास बेच्नुअघि कम्पनीको प्रमाणित गुणस्तरअनुरूप पूरा तौल तौलिएको ग्यास प्रमाणपत्र हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।

त्यस्तै ग्यास डिपो दमकल पुग्ने स्थानमा मात्र खोल्नुपर्ने, सुरक्षाका उपायबारे विक्रेताले प्रस्ट उल्लेख गर्नुपर्छ । कम्पनीको दीर्घकालीन पोलिसीअनुसार सक्षम पकड भएको डिपो मात्र बनाउने, कम्पनी–सरकार विक्रेताको कार्यविधिका व्यवस्था प्रणालीअनुसार आधुनिक ग्यास डिपो जसमा सुयोग्य मापदण्ड, आवश्यक पूर्वाधार र कडाइ कानुनको पालन गर्न कार्य प्रेरित डिपो स्थापना हुन प्रत्येक ग्यास उद्योगी सक्षम हुनुपर्छ ।

भाँडाकुँडा बेच्ने भनी दर्ता गरेको पसलमा पनि बिना इजाजत ग्यास बेचेको समेत देखिन्छ तर उक्त विषयमा सरोकारवाला निकाय मौन छ ।

सिलिण्डरको म्यादबारे अधिकांस बेखबर

म्याद गएको ग्याँस सिलिण्डर विष्फोटन हुने, चुहिने खतरा हुने हुन्छ । तर सिलिण्डरको म्यादबारे अधिकांश सर्वसाधारण बेखबर रहेको देखिन्छ ।

सहरी क्षेत्रमा खाना पकाउनका लागि ग्यास अनिवार्य बनिसकेको छ । पछिल्लो समय त गाउँगाउँमा समेत ग्यास लिएर राख्ने प्रचलन बढ्दो छ । तर, सही ढंगले ग्यासको प्रयोग नगर्दा यसले ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा सावधानी अपनाउन जरुरी छ ।

बजारमा गुणस्तरहीन रेगुलेटरको पनि बिगबिगी छ । त्यसैले, नेपाल गुणस्तर चिह्न अंकित रेगुलेटर मात्र प्रयोग गर्नुपर्दछ । नेपालमा सीमापारिका गुणस्तरहीन रेगुलेटर भित्रिरहेका छन् । यस्ता रेगुलेटरको बिक्रीमा सरकारले पनि बन्देज लगाउन आवश्यक छ ।

जति पनि ग्यास डिपो छन् ती सबै सडक छेउ कि घनबस्तीको बीचमा छन् । डिपो सानो ठाउँमा सञ्चालित छन् ।

यसमा जनता पनि अलिक चेतनशील हुन आवश्यक देखिएको छ । सरोकारवाला र नगरपालिकाले जति सक्दो चाँडो बजार बाहिर सार्नतर्फ केन्द्रित हुनुपर्छ । सरकारको मापदण्ड नमान्ने डिपोहरुको अनुमतिपत्र सरकारले खारेज गर्नपर्छ ।

थोरै जग्गामा सञ्चालन भएका डिपोहरुलाई सरकारले बन्द गर्नुपर्छ । आज भन्दा करिब एक दशक अगाडि दमौलीका आजको जस्तो थिएन् । जनसंख्यादेखि लिएर आवासीय क्षेत्रहरु पनि यत्रो बनेका थिएनन् भने खाली जग्गा प्रशस्तै थिए ।

सिलिन्डर ठोकिएर, पुराना भएर, लिक भएर ग्यास डिपोमा आगलागी भयो भने छेउछाउको पुरै बस्ती नष्ट हुन्छ । डिपोको छेउछाउमा बस्ने जनतालाई पनि यही चिन्ताले पिरोलिरहेको छ । कुन बेलामा के घटना घट्न सक्छ भन्न सकिँदैन ।

दमौलीमा जनसंख्या पनि धेरै छ, घरहरु जोडिएर बनेका छन् भने डिपोहरु जथाभावी सञ्चालन भएका छन् । दमौलीमा ग्यास डिपोमा आगलागी भयो भने यो नियन्त्रणमा ल्याउन सकिन्न । सरकारको यसतर्फ चाँडो ध्यान जाओस् ।

जनताले पनि आफ्नो सुरक्षा गर्नको लागि आवाज उठाउन जरुरी देखिएको छ । ग्यास डिपोको विरोधमा अब जनता आफैँ उत्रिनुपर्छ ।

सिलिण्डरको म्याद थाहा पाउने उपाय

आफ्नो भान्सामा प्रयोग भएको सिलिण्डरको म्याद जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन्। सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन्।

यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्।

ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ।

त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।

एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ।

हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन।

सिलण्डरको म्याद मात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन। केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।

यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।

सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्यासको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ। अन्यथा ग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ।

यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ।

पेट्रोल पम्प पनि बस्ति भन्दा टाढा राख्नु पर्ने देखिन्छ । होइन भने जुन सुकै बेला ठुला घटना नहोला भन्न सकिदैन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS