images
images
images

मोटरसाइकललाई जोगाउन खोज्दा दमौलीमा गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य सवार गाडी दुर्घटना

images

तनहुँ । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटनामा परेको छ । तनहुँको दमौली नजिक सोमबार बिहान मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा गुडिरहेको मन्त्री सवार गाडी बिजुलीको पोलमा ठोक्किएको हो ।

ग १ झ ६०० नम्बरको स्कार्पियोले साइड लाइट नबाली दायाँतिर सडक पार गर्न लागेको मोटरसाइकललाई जोगाउँदा बिजुलीको पोलमा ठोक्किएको हो ।

मन्त्री आचार्यका स्वकीय सचिव कुमार तिवारीका अनुसार नवलपुरबाट पोखरा फर्किँदै गर्दा दमौलीमा दुर्घटना भएको हो । मानवीय क्षति भने नभएको तिवारीले बताए ।

नवलपुरबाट खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री आचार्य आज बिहान पोखरा फर्किँदै गर्दा गाडी दुर्घटना भएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS