किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका-४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुर्याएको छ । आगो निभाउन तनहुँको व्यास नगरपालिका, पोखराका दुई वटा र लमजुङबाट समेत दमकल बोलाइएको थियो । आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर पनि प्रयोग गरिएको थियो ।
आगलागीबाट भएको क्षतिको विववरण भने संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हेर्नुस तस्वीर र भिडिओमा :
भिडिओमा :
यो पनि :
श्रममन्त्री श्रेष्ठद्वारा आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन, राहत दिन पहल गर्ने
दमौली बजारको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा (तस्बिर सहित)
दमौलीको आगलागी: मादी नदीबाट पानी ओसारेर हेलिकप्टरले आगो निभाउदै (फोटो/भिडिओ सहित)
तनहुँको दमौलीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारि (फोटो सहित)