दमौली
दमौलीमा आज दमौलीमा श्रीकृष्ण जन्माष्टमी महामहोत्सव शुरु भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाक आयोजनामा श्रीकृष्णजन्माष्टमी महामहोत्सव आयोजना गरिएको हो । महोत्सव आज राती १२ बजे सम्म संचालन हुने छ ।
कृष्णअष्टमीको अवसर पारेर व्यास नगरपालिका वडा नं ४ संगम टोलमा रहेको संघको दमौली शाखा कार्यलयमा महामहोत्सव गर्न लागिएको इस्कोन दमौली शाखाका अध्यक्ष रसमण्डल दासले बताए ।
भाद्र ३ गते शुक्रवार दिउसो १२ बजेदेखी राती १२ बजेसम्म कार्यक्रम हुने अध्यक्ष दासको भनाई छ । उक्त अवसरमा हरिनाम संकृतन सहित नगर परिक्रमा गरिएको संघका सदस्य इन्जिनियर शुशिल खनालले जानकारी दिए ।
कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन, कृष्ण कथा लिला, कृष्ण झुला, औपचारिक कार्यक्रम अभिषेक, दीपदान, प्रसाद वितरण लगायतका कार्यक्रम हुने संघका सचिव प्रमोद न्यौपानेले भनाई छ ।
चार बेद अठ्ठार पुराणका रचयिता वेदव्यास क्षेत्रलाई विश्वमाझ प्रचारप्रसार एवं आध्यत्मिक जागरणको लागि कार्यक्रम गर्न लागिएको लक्ष्मी गुरुङले बताइन् ।
संघले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रममा दमौलीबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमले कृष्ण जागरण फैलाउनको लागि मद्दत मिल्ने इस्कोन दमौली शाखाले जनाएको छ । सो कार्यक्रममा सरीक हुन् जिल्लाका बिभिन्न बिशिष्ट ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।