images
images
images

दमौलीको आगलागी: मादी नदीबाट पानी ओसारेर हेलिकप्टरले आगो निभाउदै (फोटो/भिडिओ सहित)

images

तनहुँ । दमौली बजारमा लागेको आगो काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टरले पानि हालेर निभाई रहेको छ । बजार नजिकको मादी नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत आगो निभाउन थालिएको हो ।

तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।

उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले जानकारी दिए ।

गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली आएको थियो ।

आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको प्रहरीले जनाएको छ । दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर दुवैबाट आगो निभाउने प्रयास जारी छ ।

दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

भिडिओ हेर्नुहोस :

 

यो पनि :

तनहुँको दमौलीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारि (फोटो सहित)

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS