म्याग्दे । आगामी २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहकाे निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा (माओवादी केन्द्र) म्याग्दे गाउँ समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठकाे अध्यक्षतामा आज बसेकाे कार्यालयकाे बिस्तारित बैठकले एसबी थापा मगरकाे संयाेजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै बैठकले पूर्णबहादुर मिझारकाे अध्यक्षतामा २५ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च म्याग्दे गाउँ समिति, शम्भुलाल श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
यसैगरी बैठकले आधा दर्जन बढी निर्वाचन परिचालन उपसमिति समेत गठन गरेको म्याग्दे गाउँ समिति अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।