
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
मुल्यवृद्धि संगै पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेल भने प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।