
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पत्रकार निष्पक्ष भएर काम गर्नुपर्ने बताए
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन ।
पत्रकाररहरु निष्पक्ष रही सरकारका कमिकमजोरी देखाउनु पर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले अगाडि भने ‘कुनै पनि पुर्वाग्राह नराखी पत्रकारले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।’
लोकतान्त्रिक परिवर्तनमा पत्रकार जगतको अहम भुमिका रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
संघीयता आएसंगै तीन तहको सरकारले पत्रकारलाई सहयोग गर्दै आएको उनले बताए । असल पत्रकारको रुपमा स्थापित हुनुपर्ने र व्यवसायीक बन्न चुनौती रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
गण्डकी प्रदेशमा पनि गठबन्धनको सरकार आएदेखि पत्रकार जगतलाई सहयोग गर्दै आइरहेको मुख्यमन्त्री पोखरेलले बताए ।
अहिलेको व्यवस्था प्रतिस्पर्धात्मक व्यवस्था भएकाले हरेक क्षेत्रमा स्वच्छ र स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्बे उनलेे बताए ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा आन्तरिक मामिलामन्त्री बिन्दु कुमार थापाले पत्रकारहरुको क्षमता बढाउने काममा सहयोग गर्ने बताए । उनले भने ‘आदिवासी जनजाती पत्रकारहरु लुकेका कुराहरु बाहिर ल्याउन सक्नुपर्छ ।’
आदिवासी जनजातिका भाषा, संस्कृति र कलालाई बाहिर ल्याउन सक्नुपर्ने मन्त्री थापाले बताए ।