images
images
images

दुम्सीमा ९० लाखको नगर अस्पताल बनाउदै व्यास नगरपालिका

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं १० दुम्सीबजारमा २५ वेड क्षमताको नगर अस्पताल बनाउन सुरु गरिएको छ ।

उक्त अस्पताल ९० लाख रुपैयाको लागतमा निर्माण सम्पन्न हुने व्यास नगरपालिकाले जनाएको छ ।

१ करोड ५६ लाखको लागत इष्टमट गरिएकोमा क्वालिटि इन्द्रावति कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ९० लाखमा टेण्डर पारेको नगरपालिकाले जनाएको छ ।

भवन निर्माण कार्य ८ महिना भित्र सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

सो अस्पताल भवनको शुक्रबार नेपाल सरकारका पुर्व सभामुख रामचन्द्र पौडेलले शिलान्यास गरेका छन ।

भवन शिलन्यास गर्दै नेता पौडेलले अस्पतालको निर्माणले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए । सडकको विकाससंगै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको चर्चा गर्दै पौडेलले विकासका लागि कोहि पनि बाधक बन्न नहुने बताए ।

व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटाको सभापतित्वमा भएको अस्पताल भवन शिलन्यास कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जि.स.स तनहुँ प्रमुख शान्तिरमण वाग्ले, व्यास न.पा प्रमुख वैकुण्ठ न्यौपाने, पुर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ र उप-प्रमुख मीरा जोशी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

images