तनहुँ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने बताएका छन । अर्थमन्त्री बरालले सो कुरा बिहीबार तनहुँको दमौलीमा बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा बताएका हुन् ।
उनले भने ‘समन्वय, सहकार्य र सहअस्तित्व सबैभन्दा उत्तम प्रणाली हो ।’ स्थानीय तहसँग सहकार्य गरेर काम गर्नुपर्ने मन्त्री बरालले बताए । उनले अगाडी भने ‘स्थानीय तहसँग बजेट देखि प्रविधिसम्म हुन्छ ।’
‘पुजीगत खर्च ८० प्रतिशत भन्दा बेशी पुर्याउने हाम्रो लक्ष्य छ ।’ अर्थमन्त्री बरालले भने ‘यो गतिलाई विकास गर्न सकेनौ बहने त्यो टार्गेटमा पुग्न सक्दैनौ ।’
मन्त्री बरालले जिल्लाका कार्यालय प्रमुखहरु लाई कार्यालयको प्रगति व्यवस्थित ढंगले बढाउँन आग्रह समेत गरेका थिए ।
गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयको आयोजनामा उक्त अन्तरक्रिया भएको हो । सो अवसरमा जिल्लामा रहेका कार्यालय प्रमुखहरुले आफ्नो प्रगति विवरण संगै समस्याका बारेमा मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।