images
images
images

तनहुँको रिमाल्नीमा करेन्ट लागेर ट्रकका सहचालक मगरको मृत्यु

images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

रिमाल्नीस्थित पृथ्वीराजमार्गमा ग१ख ८२०८ नम्बरको ट्रकमा बा३क २६९४ नम्बरको एक्साभेटेर लोड गर्ने क्रममा विद्युत‍को तार छोइदा मगरको करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएपछि डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

images