images
images
images

दमाैली अस्पताल विकास समितिकाे अध्यक्षमा देवेन्द्र थापा

images

तनहुँ । दमौली अस्पताल संचालक समितिको अध्यक्षमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य देबेन्द्र थापा नियुक्त भएका छन् ।

गण्डकी प्रदेश सरकार मातहत रहेको दमौली अस्पताल संचालक समितिको अध्यक्षमा गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट थापा अध्यक्षमा नियुक्त भएका हुन् ।

कानुनमा स्नातक, आम संचारमा स्नाकोत्तरसम्मको अध्ययन गरेका थापा यसअघि अन्पुर्ण संरक्षण क्षेत्रमा सुचना अधिकारीको रुपमा चार वर्ष काम गरेको अनुभव छ ।

त्यस्तै अस्पताल विकास समितिको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका नेता विर बहादुर थापा र सृजना सिग्देल नियुक्त भएका छन् । यसैगरी नेपाली कांग्रेसको तर्फबाट सुशिला शर्मा, केश बहादुर सुनार सदस्यमा नियुक्त भएका छन् भने जनता समाजवदाी पार्टीको तर्फबाट सदस्यमा खड्ग बहादुर आले नियुक्ति भएको छन् ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वकीय सचिव शम्भु चपागाईले बताए । अस्पातल संचालक समितिको सदस्यमा उद्योग वाणिज्य संघको अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि सदस्य, व्यास नगरपालिकाको नगर प्रमुख वा नगर प्रमुखले तोकेको कार्यपालिकाको सदस्य समितिको सदस्य हुने ब्यवस्था रहेको छ ।

अस्पताल संचालक समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख रहने ब्यवस्था रहेको छ । नवनियुक्त अध्यक्ष र सदस्यहरुको पद वाहाली केही दिनमा हुने अस्पताल श्रोतले जनाएको छ । अस्पतालमा संचालक समिति चार महिना देखि रिक्त रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS